News Summary
Generated by OK AI. Editorially reviewed.- नीताकुमारी थापा मगरले हिमालय टिभीको 'द भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि जितेकी छन्।
- उनी 'भ्वाइस अफ नेपाल' को इतिहासमा उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी हुन्।
- कोच राजु लामाको टिमकी उनले ग्रान्ड फिनालेमा उपाधि उचालेकी हुन्।
काठमाडौं । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् ।
‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले उपाधि उचालिन् ।
कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए ।

टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्धितीय उपविजेता घोषित भइन् । टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन् ।
फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरे ।
शुक्रबार र शनिबार प्रसारित फिनाले एपिसोडमा यस सिजनमा प्रतिस्पर्धा गरिरहेका अन्य ट्यालेन्टले पनि आकर्षक प्रस्तुति दिएका थिए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर




प्रतिक्रिया 4