३ फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।
यस्तै आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4