+
+
Shares

राजस्थानमा पटका कारखानामा आगलागी, ७ मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १८:५९

काठमाडौं । भारतको राजस्थानस्थित एक पटका कारखानामा आगलागी हुँदा सात जना मजदुरको मृत्यु भएको छ ।

राजस्थानको भिवाडीस्थित खुसखेडा करौली औद्योगिक क्षेत्रको एक रसायन र पटका कारखानामा सोमबार आगलागी भएको हो । आगलागीमा परी गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि दिल्लीको एम्स अस्पताल पठाइएको छ ।

अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) सुमित्रा मिश्राले आगलागीमा परी सात जना मजदुरको मृत्यु भएको पुष्टि गरिन् ।

उनले भनिन्, ‘हामीले सात जनाको शव निकालेका छौं । मृतकहरू सबै बिहारको मोतिहारी जिल्लाका बासिन्दा हुन् ।’

घटनाबारे आवश्यक अनुसन्धान जारी रहेकोले कारखानामा के कारणले आगलागी भएको हो भन्नेबारे खुल्न नसकेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा एक पोस्ट गर्दै मृत्यु भएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘राजस्थानको भिवाडीमा भएको आगलागीको घटना गहिरो दुःखद् र पीडादायी छ। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो गहिरो समवेदना । म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्दछु।’

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुर्घटनालाई दुःखद् भन्दै स्थानीय प्रशासनलाई राहत र उद्धार कार्यका लागि निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?