+
+
Shares

ईश्वर पोखरेलको दाबी- एमाले देश बनाउने शक्ति नै हो

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । फरक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनले देशलाई सही ट्रयाकमा ल्याउन जरुरी रहेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १८:५५

६ फागुन, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमाले सधैँ देश निर्माण गर्ने शक्तिका रूपमा स्थापित रहेको बताएका छन् । काठमाडौं-५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पोखरेलले बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘एमाले सधैँ देश बनाउने काम गर्छ । देश विगार्ने काम गर्दैन,’ पोखरेलले भने, ‘एमालेले देश बनाउने काम गर्दा विरोधीहरूले अनेक बहाना गरेर बखेडा झिक्छन् ।’

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । फरक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनले देशलाई सही ट्रयाकमा ल्याउन जरुरी रहेको उनले बताए । ‘त्यसका लागि देशभर एमालेको जित आवश्यक छ,’ पोखरेले भने । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?