+
+
Shares

जुम्लामा जिप दुर्घटना, ७ जना घाइते

जुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:४१

७ फागुन, काठमाडौं । जुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहीबार मध्यान्ह १२ बजेको समयमा तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको  सशस्त्र प्रहरीका नायब महानिरीक्षक एवं प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटना लगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरी समेतको सहयोगमा घाइतेहरूको उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?