७ फागुन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ ।
विशेषगरी हिउँदे सुक्खायामको यस समयमा वायु गुणस्तर सूचकांक निरन्तर ‘अस्वस्थक’ स्तर (आज १ सय ५० भन्दा माथि) पुगिरहेको सन्दर्भमा सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्ल्याक प्लस डेकरले ध्यानाकर्षण भएको जनाएको छ ।
बदलिँदो मौसम, धुलो र धुवाँका कारण नागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ।
‘सीजी इलेक्ट्रोनिक्स सधैं आफ्ना ग्राहकको स्वास्थ्य, सुरक्षा र जीवनस्तर उकास्ने कुरामा प्रतिबद्ध छ, वाह्य वातावरणको प्रदूषण तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि हाम्रो घर र कार्यालयभित्रको हावा सुरक्षित र स्वच्छ राख्न सकिन्छ,’ सीजी इलेक्ट्रोनिक्सका आधिकारिक प्रवक्ताले भने, ‘नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै हामीले घरभित्रको प्रदूषण व्यवस्थापनका लागि एक भरपर्दो र प्रभावकारी समाधानका रूपमा ब्ल्याक प्लस डेकरको एयर प्युरिफायर बजारमा उपलब्ध गराएका छौं ।’
बाहिरको प्रदूषित हावा र पीएम २.५ जस्ता सूक्ष्म कणबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त हुँदैन । यसै आवश्यकता मध्यनजर गर्दै ल्याइएको ब्ल्याक प्लस डेकरको ‘एपी३५६०–बी५’ एयर प्युरिफायरले आकर्षक डिजाइन र शक्तिशाली ३ चरणको फिल्टरेसन प्रणाली संयोजन मार्फत तपाईंले फेर्ने हरेक सासमा शुद्धता र ताजगी सुनिश्चित गर्छ ।
यसमा जडान गरिएको विशेष ३ चरणको सुरक्षा प्रणालीमा प्रिफिल्टर, हेपा १३ फिल्टर र एक्टिभेटेड कार्बन फिल्टर रहेका छन् ।
बढ्दो प्रदूषणको यस समयमा सीजी इलेक्ट्रोनिक्स सम्पूर्ण नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरण स्वच्छ राख्न अनुरोध गर्दछ । ग्राहकको स्वास्थ्य र सहजता ध्यानमा राखेर ल्याइएका ब्ल्याक प्लस डेकरका एयर प्युरिफायर नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका शोरुम र आधिकारिक विक्रेता मार्फत सहजै उपलब्ध छन् ।
प्रतिक्रिया 4