+
+
Shares

‘पारस’ को शीर्ष भूमिकामा सुशील श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २०:४४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुशील श्रेष्ठले कृषा चौलागाईं निर्देशित फिल्म 'पारस' को शीर्ष भूमिकामा अनुबन्धित भएका छन्।
  • निर्देशक चौलागाईंले सुशीलसँगको फोटो सेयर गर्दै 'प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ' भनेकी छन्।
  • फागुन अन्त्यदेखि फिल्म 'पारस' को छायांकन सुरु हुने जनाइएको छ।

काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘पारस’ को शीर्ष भूमिकामा सुशील श्रेष्ठ अनुबन्धित भएका छन् । केही समयअघि नै सुशीलले फिल्म साइन गरेपनि शुक्रबार मात्र यसको औपचारिक घोषण गरिएको हो ।

यसअघि यो फिल्ममा निखिल उप्रेती, निरुता सिंह, जसिता गुरुङ, प्रियंका कार्की अनुबन्धित भैसकेका छन् । पछिल्लो समय एक्सन फिल्ममा चम्किएका सुशीलले चौलागाईंको आगामी एक्सन थ्रीलरमा आफूलाई प्रस्तुत गर्न लागेका हुन् ।

निर्देशक चौलागाईंले सुशीलसँगको फोटो सेयर गर्दै यसको पुष्टि गरेकी छन् । लेख्छिन्, ‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ ।’ सुशीलको प्रवेशले फिल्म अझै उत्कृष्ट बन्ने उनको दाबी छ ।

यसअघि सामाजिक कथामा निर्माण भएको फिल्म ‘ऐँचोपैचो’ र एक्सन जनराको फिल्म ‘पिताम्बर’ मा चौलागाईंले काम देखाइसकेकी छन् ।

प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । उनले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरिसकेका छन् ।

फागुन अन्त्यदेखि फिल्म छायांकन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?