९ फागुन, बुटवल । नागरिक उन्मुक्ति पार्टी छाडेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।
चुनावी अभियानको क्रममा रुपन्देही आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
नाउपा नेता चौधरी ०७९ मा सो क्षेत्रका उम्मेदवार थिए । त्यतिबेला उनले १३ हजार ९९२ मत प्रप्त गरेका थिए ।
चौधरीको प्रवेशले रुपन्देही क्षेत्र नं १ मा बिजय प्राप्त गर्न सहज हुने सम्भावना बढेको राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम सिंहले बताए ।
राप्रपाबाट यस क्षेत्रमा स्वर्गीय दीपक बोहोराका छोरा प्रज्वल बोहोरा उमेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4