+
+
Shares

गौर तनावपछि एआईजी चतुर्वेदीको टोली मधेश झरेर थाल्यो काम

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १५:५८
फाइल तस्वीर

१० फागुन, काठमाडौं । रौतहटको गौरमा दुई समुदायबीच तनाव सिर्जना भएपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदी मधेश पुगेका छन् ।

केन्द्रीय सुरक्षा समितिको निर्णयपछि कार्य विभागका चुतुर्वेदी मधेश पुगेका हुन् ।

उनले त्यहाँ पुगेर स्थितीको वस्तुनिष्ठ विश्लेषण गरी प्रहरीलाई निर्देशन दिनुका साथै सद्भाव कायम राख्न छलफल गर्ने बताइएको छ ।

अहिले मधेशमा एआईजी चतुर्वेदीले यसैको काम थालनी गरेका छन् । चतुर्वेदी यसअद्धि मधेश प्रदेश प्रहरी कार्यालयको डीआईजी भएर समेत काम गरेका थिए ।

अहिले भनि उनी कार्य विभागमा छन् । कार्य विभागले नै आगामी २१ फागुन हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षाको कमाण्ड गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?