+
+
Shares

एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंको आउटलेट नयाँ स्वरूपमा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसजे मोटो र हिमालयन जाभाले काठमाडौंको आउटलेट नयाँ र परिमार्जित स्वरूपमा फेरि सञ्चालनमा ल्याएका छन्।
  • नयाँ आउटलेटमा ग्राहकले प्रिमियम कफीको स्वाद लिँदै एक आपसमा भेटघाट गर्न सक्नेछन्।
  • एसजे मोटोका संस्थापक सौरभ ज्योतिले काठमाडौंको आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएको बताए।

११ फागुन, काठमाडौं । एसजे मोटो र हिमालयन जाभाले संयूक्त रुपमा काठमाडौंको आउटलेट नयाँ र परिमार्जित स्वरूपमा फेरि सञ्चालनमा ल्याएका छन्।

सन् २०२१ मा स्थापना भएको हिमालयन जाभाको आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो एरियासहित स्तरोन्नति गरिएको छ।

यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु रहेको कम्पनीले जनाएको छ ।

‘काठमाडौंको यो आउटलेटमा  ग्राहकले प्रिमियम कफीको स्वाद लिँदै एक आपसमा भेटघाट गर्न सक्नेछन्’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ‘यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट लाइफस्टाइल डेस्टिनेसनको रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण हो ।’

नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।

यस विषयमा बोल्दै एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, ‘पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौं। दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न काठमाडौंको आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौं।’

‘लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन होस्, आफ्ना राइडर साथीहरूसँग भेटघाट गर्न होस् वा उत्कृष्ट कफीको मज्जा लिन होस् यस एसजे मोटो र हिमालयन जाभा आउटलेटले सबैलाई एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ । यो आउटलेट अब सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?