+
+
Shares

दाङ–१ मा ४७ जनाले त्यागे नेकपा, बागी उम्मेदवार केसीलाई समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते ११:५४

१२ फागुन, दाङ । चुनावको मुखमा दाङ क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ४७ जना संगठित सदस्यहरुले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले नेकपा परित्याग गर्दै स्वतन्त्र उम्मेदवार एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम)लाई समर्थन गरेको घोषणा गरेका हुन् ।

केसी नेकपाका बागी उम्मेदवार हुन् । दाङ १ मा नेकपाले साविक एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई टिकट दिएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पार्टीको आधिकारिक उम्मेदवार चौधरीको साटो स्वतन्त्र उम्मेदवार केसीलाई सहयोग गरेको भन्दै नेकपाले धमाधम कारबाही शुरू गरेपछि पूर्वमाओवादी खेमाका नेता–कार्यकर्ताहरूले आज देउखुरीको मौरीघाटमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामा पत्रमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ । साथै सामूहिक राजीनामा दिएकाहरूले स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीलाई समर्थन गर्ने र उनको चुनाव प्रचार–प्रसारमा लाग्ने बताएका छन् ।

चुनावकै मुखमा ठूलो संख्यामा पूर्व  माओवादीहरूले सामूहिक राजीनामा दिएपछि नेकपाका आधिकारिक उम्मेदवार चौधरीलाई धक्का लाग्ने अनुमान स्थानीयले गरेका छन् ।

दाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतिरमण शर्मा घिमिरे, रास्वपाका देवराज पाठकलगायत चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?