News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका नेता कुलप्रसाद केसीले दाङ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
- पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि केसी असन्तुष्ट भई स्वतन्त्र उम्मेदवार बनेका हुन्।
- केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब साझा नेतृत्वमा योगदान गर्न चाहेको बताए।
६ माघ,बुटवल । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दाङ क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका हुन् । पार्टीले सो क्षेत्रमा मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रूपमा आफूले योगदान गर्न चाहेको बताए ।
चौधरीले टिकट पाउने थाहा पाएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिने दुई दिनअघि नै चेतावनी दिएका थिए । केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । २०७९ मा भने उनले टिकट पाएका थिएनन् ।
प्रतिक्रिया 4