+
+
Shares

उम्मेदवारी दर्तासँगै बझाङमा सुरु भयो चुनावी चहलपहल

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तासँगै बझाङमा चुनावी चहलपहल सुरु भएको छ ।

सुरेश धामी सुरेश धामी
२०८२ माघ ६ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बझाङमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
  • नेकपा एमालेका उम्मेदवार ऐन महरले जनसमर्थन बलियो रहेको दाबी गर्दै निर्वाचनमा विजयी हुनेमा विश्वस्त रहेको बताए।
  • नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले वारेसनमार्फत मनोनयन दर्ता गराएका छन्, पार्टीले टिकट वितरणमा ढिलाइ भएको जनाएको छ।

६ माघ, बझाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तासँगै बझाङमा चुनावी चहलपहल सुरु भएको छ ।

एक निर्वाचन क्षेत्र मात्र रहेको बझाङमा मंगलबार विभिन्न सात राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन पत्र दर्ता गराएका हुन् । नेकपा (एमाले) बाट केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज ऐन महर, नेपाली कांग्रेसबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मीनबहादुर कुँवरले उम्मेवारीको मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शैलेशकुमार सिंह, नेकपा (माओवादी)बाट भरत मल्ल,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विश्वप्रकाश जेठारा तथा नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहराले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।

मनोनयन दर्ता सम्पन्न भएसँगै जिल्लामा चुनावी चहलपहल बढेको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले उम्मेदवार ऐन महरले बझाङमा नेकपा एमालेप्रति जनसमर्थन बलियो रहेको दाबी गरे ।

उनले जनताको विश्वास र साथका कारण आफू निर्वाचनमा विजयी हुनेमा विश्वस्त रहेको बताए । पार्टीको संगठन सुदृढ रहेको उल्लेख गर्दै नीति, कार्यक्रम र संगठनात्मक शक्तिका आधारमा उत्साहजनक परिणाम आउने विश्वास व्यक्त गरे । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह पनि गरे ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धनविरुद्ध उम्मेदवारी दिएका महर ९ सय ९८ मतको झिनो अन्तरले पराजित भएका थिए। सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमध्ये उक्त परिणाम सबैभन्दा कम मत अन्तरको हार थियो। तत्कालीन नेकपा (एस) का उम्मेदवार भानुभक्त जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार १ सय ४५ मत पाएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले भने वारेसनामामार्फत मनोनयन दर्ता गराएका छन् । स्वयं उपस्थित हुन नसकेपछि पार्टीको प्रदेश सभा (क) क्षेत्रीय कार्य समिति सभापति पुष्कल बोहरामार्फत वारेसन लिएर उम्मेदवारी दर्ता गरिएको हो।

टिकट वितरण प्रक्रियामा ढिलाइ भएकाले उम्मेदवार स्वयं उपस्थित हुन नसकेको कांग्रेस नेताहरूले बताएका छन्। यससँगै बझाङमा प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?