News Summary
Generated by OK AI. Editorially reviewed.- तेरिया मगर र दयाहाङ राईले आगामी फिल्म 'मितज्यू' को छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा एक महिनामा सम्पन्न गरेका छन्।
- निर्माता जनक घर्तीले सबै पक्षको जोडबलका कारण छायांकन एक महिनामै सकिएको बताए।
- निर्देशक अनिल बुढामगरको दोस्रो प्रोजेक्ट 'मितज्यू' १५ जेठदेखि प्रदर्शन तयारीमा छ।
काठमाडौं । तेरिया मगर र दयाहाङ राईले आगामी फिल्म ‘मितज्यू’ को छायांकन सम्पन्न गरेका छन् । दाङ र रोल्पाका विभिन्न स्थानमा एक महिना लगाएर फिल्म खिचिएको निर्माता जनक घर्तीले बताए ।
अनिल बुढामगर निर्देशित यो फिल्मबाट चर्चित नृत्यांगना तेरियाले घरेलु फिल्ममा डेब्यू गरेकी हुन् । ग्रामीण भेगमा जीप हाँक्ने चालकको कथावस्तुमा आधारित फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ ।
फिल्ममा सौगात मल्ल, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगरको अभिनय छ ।

निर्माता मगरले छायांकन राम्रोसँग सम्पन्न भएको बताए । सबै पक्षको जोडबलका साथ भएको कारण एक महिनामै छायांकन सकिएको उनको भनाइ छ ।
निर्देशक मगरको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हो । उनले यसअघि अभिनेता राईलाई लिएर ‘घरज्वाइँ’ निर्देशन गरेका थिए । ‘मितज्यू’ १५ जेठदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4