१२ फागुन, रोल्पा । दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो ।
११ जना यात्रुलाई लिएर बिहान दाङबाट हिंडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो ।
घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4