+
+
Shares

चितवनमा ‘अफ्रिकन स्वाइनफिभर’ले मर्न थाले बङ्गुर

जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकामा अफ्रिकन स्वाइनफिभर रोगले ७० र ४ वटा बङ्गुर मरेका छन्।
  • पशु चिकित्सक डा सविता ज्ञवालीले यो रोग भाइरसबाट सर्ने र हालसम्म औषधि उपलब्ध नभएको बताउनुभयो।
  • रोगबाट बच्न खोरमा थुनेर पालन, क्वारेन्टिन, सरसफाइ र जैविक सुरक्षा विधि अपनाउनुपर्ने उहाँले सुझाव दिनुभयो।

१२ फागुन, चितवन । जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो ।

इच्छाकामना गाउँपालिकाको एक व्यावसायिक फर्म र भरतपुर महानगरपालिका–८ को बङ्गुर फार्ममा यो रोगको सङ्क्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयकी पशु चिकित्सक डा सविता ज्ञवालीका अनुसार इच्छाकामनामा पालिएका ७० वटा बङ्गुर सोही रोगको सङ्क्रमणले मरिसकेका छन्भने भरतपुरका चारवटा बङ्गुर यसैको सङ्क्रमणले मरेका छन् । भाइरसबाट सर्ने रोग भएकाले यसको औषधि हालसम्म उपलब्ध छैन ।

अफ्रिकन स्वाइनफिभर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । रोग सङ्क्रमित सुँगुर–बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्‍याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट सर्ने गर्छ ।

त्यसैगरी, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता, चप्पल आदि प्रयोग गर्दा सर्नसक्ने ज्ञवालीले जानकारी दिए ।

यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा बस्ने, शरीरमा निला डामहरु देखा पर्ने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिज निकाल्ने, सुँगुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षणहरु देखापर्ने कार्यालयले जनाएको छ ।

यसबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवत–जावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्ने जस्ता उपायहरु अपनाउनुपर्ने उनले बताए ।

बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टिनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बङ्गुरको खोर र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्दा क्षति कम हुने ज्ञवालीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?