+
+
Shares

अमेरिकी मानवशास्त्रीद्वय डेभिड र क्याथरिन काठमाडौंमा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १६:३०

१३ फागुन, काठमाडौं । तामाङ समाज, संस्कृति र इतिहासलाई विश्वस्तरमा पहिचान दिलाउन अतुलनीय योगदान पुर्‍याएका अमेरिकी मानवशास्त्रीद्वय प्रा. डेभिड होल्म्बर्ग र प्रा. क्याथरिन एस मार्चलाई सम्मान गरिएको छ ।

तामाङ अध्ययन प्रतिष्ठान, नेपाल तामाङ घेदुङ तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्को संयुक्त आयोजनामा मंगलबार काठमाडौंको कपनमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्राध्यापकद्वयलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

प्राध्यापकद्वयको प्राज्ञिक योगदानको प्रशंसा गर्दै राईले यो उचाइको योगदानलाई राज्यस्तरबाटै सम्मान गरिनुपर्नेमा जोड दिए । राईले तामाङ समुदायले उनीहरूले पुर्‍याएको योगदानको कदर गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा भाषाशास्त्री एवं भाषा आयोगका पूर्व सदस्य अमृत योञ्जन-तामाङले प्राध्यापकद्वयको लामो प्राज्ञिक यात्रा र तामाङ अध्ययनमा उनीहरूले पुर्‍याएको विशिष्ट योगदानबारे चर्चा गरे।

समाजशास्त्री डा. कृष्ण भट्टचनले होल्म्बर्ग र मार्चलाई विगत आधा शताब्दीदेखि तामाङ तथा नेपाली समाजलाई विश्वमा चिनाउन समर्पित ‘निष्ठावान मानवशास्त्री’ का रूपमा चित्रण गरे ।

सम्मानका क्रममा ताम्बा संघ, नेपाल र ताम्बा प्रतिष्ठानले प्राध्यापकद्वयलाई तामाङको परम्परागत बाजा डम्फू उपहार स्वरूप प्रदान गरे ।

त्यस्तै, म्हेन्दो माया कलाकार संघका तर्फबाट रोशन फ्युबा तामाङले पश्चिमी तामाङ संस्कृति झल्कने पहिरन (फेटा र ग्या) ओढाएर सम्मान व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?