+
+
Shares

सञ्जीव मलिकद्वारा इटहरी र काठमाडौंमा एकदिने ध्यान शिविर सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतबाट आएका प्रसिद्ध लाइफ कोच सञ्जीव मलिकले १२ फेब्रुअरीमा इटहरी र १४ फेब्रुअरीमा काठमाडौंमा एकदिने ध्यान शिविर सञ्चालन गरे।
  • ध्यान शिविर आत्म जागृति मिसनको सहकार्यमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेर ध्यान, प्राणायाम, आत्मचिन्तन र सकारात्मक सोच अभ्यास गराइयो।
  • शिविरमा सहभागीहरूले मानसिक शान्ति र जीवनप्रति नयाँ दृष्टिकोण पाएर 'स्माइलिङ योगी इनिसियटिभ' अभियानको घोषणा गरिएको छ।

१३ फागुन, काठमाडौं । भारतबाट नेपाल आएका प्रसिद्ध लाइफ कोच तथा आध्यात्मिक मार्गदर्शक सञ्जीव मलिकले एकदिने ध्यान शिविर सञ्चालन गरेका छन् ।

११ फेब्रुअरीमा नेपाल आएका उनले १२ फेब्रुअरीमा इटहरी तथा १४ मा काठमाडौंमा ध्यान शिविर सञ्चालन गरे । इटहरी र काठमाडौं दुवै स्थानमा आयोजित शिविरमा उत्साहजनक सहभागिता रहेको थियो।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पूरा दिन चलेको ध्यान शिविर सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्दै आएको संस्था आत्म जागृति मिसनको सहकार्यमा आयोजना गरिएको गरिएको थियो । उक्त शिविरमा ध्यान, प्राणायाम, आत्मचिन्तन, भावनात्मक उपचार तथा सकारात्मक सोच सम्बन्धी अभ्यास गराइएको थियो।

शिविरको वातावरण सकारात्मकता, ऊर्जा र आत्मविश्वासले भरिएको थियो। सहभागीहरूले दिनभरको अभ्यासबाट मानसिक शान्ति, भावनात्मक सन्तुलन र जीवनप्रति नयाँ दृष्टिकोण प्राप्त गरेको बताए ।

यसै अवसरमा ‘स्माइलिङ योगी इनिसियटिभ’ नामक अभियानको घोषणा गरिएको छ। यो अभियानले ध्यान, सचेत जीवनशैली, सकारात्मक सोच तथा आन्तरिक विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

सहभागीहरूले यसलाई जीवन परिवर्तनकारी अनुभवको रूपमा लिएका छन्। यस कार्यक्रमले नेपालमा आध्यात्मिक जागरण र सकारात्मक सोचको सन्देश विस्तार गर्ने महत्त्वपूर्ण पहलको रूपमा काम गरेको आयोजकहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?