+
+
Shares

मधेश सधैँ विभेदमा पर्दै आएको छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेश सधैँ राज्यबाट विभेदमा पर्दै आएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १८:४४

१३ फागुन, महोत्तरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेश सधैँ राज्यबाट विभेदमा पर्दै आएको बताएका छन् ।

बुधबार महोत्तरीको बर्दिबासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शहीद गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण गरेर आफू मधेश भित्रिएको बताए । साम्पाङले राज्यले विभिन्न बहानामा सधैँ मधेशलाई विभेद गरिरहेको उल्लेख गरे ।

‘विभेदकै कारण विभिन्न कालखण्डमा यहाँ विभिन्न आन्दोलनहरू हुँदै आएको छ । सबैभन्दा बढी शहीद मधेशबाट भएका छन्,’ उनले भने ।

मुलुकमा स्थिरता, शान्ति र सुरक्षा नभएसम्म देशको विकास सम्भव नरहेको औल्याउँदै अध्यक्ष साम्पाङले देशलाई समृद्ध बनाउने दृष्टिकोण श्रम संस्कृति पार्टीसँग मात्रै रहेको जिकिर गरे ।

‘पार्टी र जातिको नाममा भिडाउनेहरु थुप्रै छन् । हामी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ । कोही मान्छे फुर्सदमा बस्नुहुँदैन भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष साम्पाङले भने, ‘यो निर्वाचन जनताको विवेकको परीक्षा हो । यसपटक श्रम संस्कृति पार्टीको सरकार बन्ने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?