+
+
Shares

पूर्व मुख्यमन्त्री शर्माले सांसद पद गुमाए

आफ्नो पार्टी छाडेर प्रलोपामा लागेपछि शर्मालाई पदबाट हटाउन नेकपाले कर्णाली प्रदेश संसद सचिवालयलाई पत्राचार गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते २०:१३

१३ फागुन, काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सांसदको हैसियत गुमाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले बुधबार प्रदेशसभा सदस्य पदबाट हटाइएको सूचना सार्वजनिक गरेपछि शर्माले सांसदको पद गुमाएका हुन् ।

शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सभामा निर्वाचित सांसद थिए । २०७९ को प्रदेशसभा निर्वाचनमा उनी रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

प्रदेशमा सभामा उनी माओवादी केन्द्रको संसदीय दलको नेता पनि थिए । सोही कारण उनी केही समय मुख्यमन्त्री पनि बने ।

पछिल्लो समय माओवादी केन्द्रसहित समायोजन भएर नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएपछि उनी सो पार्टीमा गएका थिएनन् । शर्मा दाजु जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा सक्रिय भएका थिए ।

आफ्नो पार्टी छाडेर प्रलोपामा लागेपछि शर्मालाई पदबाट हटाउन नेकपाले कर्णाली प्रदेश संसद सचिवालयलाई पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा प्रदेशसभा सचिवालयल निर्णय लिएर उनी सांसद पदमा नरहेको जानकारी दिएको छ ।

अब ४० सदस्यीय कर्णाली प्रदेशसभा ३९ सांसदमा झरेको छ । शर्माको पद गुमेपछि रिक्त रहन गएको रुकुम पश्चिमको प्रदेश सभा निर्वाचन क्षेत्रमा उप निर्वाचन हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?