१४ फागुन, दाङ । पुराना दलबीच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकै बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने त्यसबारे निष्कर्षमा पुगिनसकेको बताएका छन् ।
बिहीबार घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘सञ्चारमाध्यममा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन । जबसम्म दलहरू आफै बोल्दैनन् । तबसम्म हतार गरेर बोल्न उचित हुँदैन’, पोखरेलले भने, ‘चुनावी तालमेलबारे हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।’
झापा-५, दाङ-२ लगायतका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)सँग एमालेको चुनावी तालमेल हुने पछिल्लो समय चर्चा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4