News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको आणविक कार्यक्रम सम्बन्धी वार्तामा गहन प्रगति भएको बताएका छन्।
- अराघचीले 'कुनै पनि सम्झौताका लागि आवश्यक मुद्दाहरूमा अझ विस्तृत रूपमा कुराकानी जारी राख्ने आपसी समझदारीका साथ यो वार्ता सम्पन्न भयो' भनेका छन्।
- इरानी विदेशमन्त्रीले दुवै देशका प्राविधिक टोली अस्ट्रियाको भियनामा भेट्ने र मध्यस्थता गरिदिएकोमा ओमानलाई धन्यवाद दिएका छन्।
१५ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग चलिरहेको वार्तामा प्रगति भएको बताएका छन्।
अराघचीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘यसपटक हालसम्मकै सबैभन्दा गहन वार्ता भयो।’
उनले अगाडि थपेका छन्, ‘कुनै पनि सम्झौताका लागि आवश्यक मुद्दाहरूमा अझ विस्तृत रूपमा कुराकानी जारी राख्ने आपसी समझदारीका साथ यो वार्ता सम्पन्न भयो। यसमा प्रतिबन्धहरू फुकुवा गर्ने र आणविक कदमहरू सम्बन्धी विषय समावेश छन्।’
यसका साथै इरानी विदेशमन्त्रीले राजनीतिक वार्ताबाहेक दुवै देशका प्राविधिक टोलीहरू अस्ट्रियाको भियनामा भेट्ने जानकारी दिए।
अराघचीले मध्यस्थता गरिदिएकोमा ओमानलाई धन्यवाद दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4