+
+
Shares

‘वार्नर ब्रदर्स’ किन्ने सम्झौताबाट पछि हट्यो नेटफ्ल्क्सि, प्यारामाउन्टले किन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरीलाई पूर्ण रूपमा अधिग्रहण गर्ने तयारी गरेको छ।
  • नेटफ्लिक्सले वार्नर ब्रदर्सको खरीद सम्झौताबाट पछि हटेर आफ्नो प्रस्ताव औपचारिक रूपमा अस्वीकार गरेको छ।
  • प्यारामाउन्टको प्रस्ताव वार्नर ब्रदर्सका सम्पूर्ण सम्पत्ति करिब १११ अर्ब डलर मूल्याङ्कन गरिएको छ।

लस एन्जलस । प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरीलाई पूर्ण रूपमा अधिग्रहण गर्ने तयारी गरेको छ । केही दिनयता तीव्र रूपमा विकसित घटनाक्रमबीच यस्तो स्थिति बनेको हो, जसमा नेटफ्लिक्सले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको छ ।

गत डिसेम्बरमै नेटफ्ल्क्सिले वार्नर ब्रदर्सको अधिकांश हिस्सा किन्ने सहमति गरेको थियो । बिहीबार दिउँसो नेटफ्लिक्सले आफ्नो प्रस्ताव बढाउन औपचारिक रूपमा अस्वीकार गर्‍यो । त्यसअघि वार्नर ब्रदर्सले प्यारामाउन्ट स्काइडान्सको पछिल्लो प्रस्तावलाई नेटफ्लिक्ससँग भएको सम्झौताभन्दा “अझ राम्रो प्रस्ताव” भएको बताएको थियो ।

नेटफ्लिक्सले अचानक सम्झौताबाट पछि हट्ने निर्णयले मनोरञ्जन उद्योगलाई निश्चित रूपमा चकित बनाएको छ । स्ट्रिमिङ कम्पनीसँग आफ्नो सम्झौता बचाउन नयाँ प्रस्ताव ल्याउन चार दिनको समय उपलब्ध थियो ।

यो निर्णयलाई अझ अप्रत्याशित बनाउने अर्को पक्ष भनेको नेटफ्लिक्सका सह-सीईओ टेड सारान्डोस बिहीबार बिहान वासिङ्टन डीसी पुगेका थिए । उनी प्यारामाउन्टले प्रति शेयर ३१ डलरको नयाँ प्रस्ताव अघि सारेपछि, यसअघि नै मर्जर सम्झौता भएको उक्त डिलका पक्षमा ट्रम्प प्रशासनका अधिकारीसँग छलफल गर्न त्यहाँ पुगेका थिए ।

‘हामीले वार्ता गरेर तय गरेको यो सम्झौताले सेयरधारकका लागि मूल्य सिर्जना गर्ने र नियामक स्वीकृतिको स्पष्ट बाटो दिने विश्वास थियो,’ वार्नर ब्रदर्स डिस्कभरीको बोर्डले नयाँ निर्णय सार्वजनिक गरेको झन्डै दुई घण्टाभित्रै बिहीबार जारी संयुक्त विज्ञप्तिमा नेटफ्लिक्सका सह-सीईओ टेड सारान्डोस र ग्रेग पिटर्सले भने ।

‘तर हामी सधैं वित्तीय अनुशासनमा अडिग छौँ । प्यारामाउन्ट स्काइडान्सको पछिल्लो प्रस्तावसँग मिलाउनुपर्ने मूल्यमा यो डिल अब आर्थिक रूपमा आकर्षक रहेन, त्यसैले हामी त्यो प्रस्ताव बराबरी गर्ने निर्णयमा छैनौँ । वार्नर ब्रदर्स विश्वस्तरीय संस्था हो, र निष्पक्ष तथा कडाइका साथ प्रक्रिया सञ्चालन गरेकोमा डेविड जास्लाभ, गुन्नार वाइडेनफेल्स, ब्रुस क्याम्पबेल, ब्राड सिंगर र वार्नर ब्रदर्सको बोर्डलाई धन्यवाद दिन चाहन्छौँ’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेटफ्लिक्सको व्यवसाय स्वस्थ, बलियो र स्वाभाविक रूपमा विस्तार हुँदै गएको छ, जसलाई हाम्रो सामग्री सूची र उत्कृष्ट स्ट्रिमिङ सेवाले अघि बढाइरहेको छ । यस वर्ष हामी गुणस्तरीय फिल्म र सिरिजमा करिब २० अर्ब डलर लगानी गर्नेछौँ र मनोरञ्जन सामग्रीको दायरा अझ विस्तार गर्नेछौँ । पूँजी व्यवस्थापन नीतिअनुसार हामी सेयर पुनःखरिद कार्यक्रम पनि पुनः सुरु गर्नेछौँ । सार्वजनिक कम्पनी बनेको २० वर्षभन्दा बढी समयदेखि जस्तै, हामी सदस्यलाई सन्तुष्ट बनाउने, नाफासहित व्यवसाय विस्तार गर्ने र दीर्घकालीन सेयरधारक मूल्य सिर्जना गर्ने काम जारी राख्नेछौँ ।’

अब रद्द भइसकेको नेटफ्लिक्स-वार्नर ब्रदर्स सम्झौताको मूल्य करिब ८३ अर्ब डलर आँकलन गरिएको थियो, जसमा वार्नर ब्रदर्स र एचबीओ म्याक्स किन्ने योजना समावेश थियो । फेब्रुअरी २४ मा पेश गरिएको प्यारामाउन्टको पछिल्लो प्रस्ताव भने वार्नर ब्रदर्सका सम्पूर्ण सम्पत्ति, उसका लाइनियर केबल च्यानलसहित, करिब १११ अर्ब डलर बराबरको रहेको बताइएको छ ।

वार्नर ब्रदर्स डिस्कभरीको बोर्ड अफ डाइरेक्टर्सका अध्यक्ष स्यामुएल ए. डी पियाज्जा जुनियरले भने, ‘पछिल्ला झन्डै पाँच महिना आधामा बोर्डले निकै गहिरो र कडाइका साथ प्रक्रिया अघि बढाएकोमा म गर्व गर्छु । यसले यी दुई ऐतिहासिक कम्पनीलाई एकसाथ ल्याउने चरणसम्म पुर्‍याएको छ, जसले आगामी धेरै वर्षसम्म दर्शकमा उत्साह थप्नेछ ।’

बोर्डका अनुसार प्यारामाउन्टको नयाँ प्रस्ताव नेटफ्लिक्सको अफरभन्दा केही पक्षमा बढी अनुकूल देखिएको छ । यसमा प्रति सेयर नगद ३१ डलरको मूल्य प्रस्ताव गर्नु, नियामक कारणले डिल पूरा नभए ७ अर्ब डलरसम्मको ब्रेकअप फी बढाइनु, र हालको नेटफ्लिक्स मर्जर सम्झौता अन्त्य गर्दा वार्नर ब्रदर्सले तिर्नुपर्ने २.८ अर्ब डलर क्षतिपूर्ति प्यारामाउन्टले नै व्यहोर्ने प्रतिबद्धता जनाउनु प्रमुख छन् ।

नेटफ्लिक्सले पारम्परिक फिल्म र टेलिभिजन व्यवसायमा अझ गहिरो रूपमा प्रवेश गर्ने योजनाबाट अचानक पछि हटेपछि हलिउडभित्रका धेरै व्यक्तिहरू अचम्ममा परेका छन् । अहिले भने हलिउडका आधारभूत स्टुडियोमध्ये एक वार्नर ब्रदर्स र पे-टिभीको अग्रणी ब्रान्ड एचबीओ अर्को पुरानो स्टुडियोमा समाहित हुन लागेको यथार्थ विस्तारै स्पष्ट हुँदै गएको छ ।

फिल्म र टिभी निर्माण तथा कार्यक्रम व्यवस्थापनमा उल्लेख्य समानता र दोहोरो संरचना भएकाले उद्योगले फेरि ठूलो स्तरमा रोजगारी कटौती हुन सक्ने आशंका गरिरहेको छ ।

प्यारामाउन्टको स्वामित्वमा पुगेपछि वार्नर ब्रदर्स डिस्कभरी कसरी सञ्चालन हुनेछ भन्नेबारे अझै धेरै अनिश्चितता छन् । तर बोलकबोल प्रक्रियामा प्यारामाउन्टको जितसँगै वार्नर ब्रदर्सले आफ्ना लाइनियर केबल च्यानललाई छुट्टै कम्पनी “डिस्कभरी ग्लोबल” बनाउने योजना सम्भवतः अब अघि नबढ्ने देखिएको छ ।

गत शरद ऋतुमा वार्नर ब्रदर्सले केबल च्यानल अलग गर्ने योजना सार्वजनिक गरेपछि नै स्टुडियो वरिपरि खरिद-बिक्रीको प्रक्रिया सुरु भएको थियो । यही योजना नै नेटफ्लिक्सलाई वार्नर ब्रदर्स र एचबीओ किन्ने विषयमा गम्भीर रूपमा अघि बढ्न प्रेरित गर्ने मुख्य कारण बनेको थियो ।

वार्नर ब्रदर्सका प्रमुख केबल नेटवर्कहरू- सीएनएन, टीएनटी, टीबीएस, कार्टुन नेटवर्क, डिस्कभरी च्यानल, एनिमल प्लानेट, फुड नेटवर्क र एचजीटभी- सम्भवतः प्यारामाउन्टको हालको लाइनियर च्यानल समूहमा समाहित गरिनेछन् । यो समूह जर्ज चीक्सको नेतृत्वमा छ, जसले सीबीएसको व्यवस्थापनसमेत हेर्दै आएका छन् ।

हलिउडका स्रोतहरू अझै पनि यसमा अचम्म मानिरहेका छन् कि प्यारामाउन्ट स्काइडान्सले सुरुवातमा सीईओ डेभिड एलिसनका लागि लाजमर्दो देखिएको अवस्था कसरी उल्ट्याउन सफल भयो। । गत शरद ऋतुमा वार्नर ब्रदर्स बोर्डतर्फ पटक-पटक अनौपचारिक प्रस्ताव आएपछि अन्ततः बोर्डले कम्पनी बिक्री प्रक्रिया सुरु गर्न बाध्य हुनुपरेको थियो, जुन अक्टोबरको अन्त्य र नोभेम्बरमा अघि बढ्यो ।

यस प्रक्रियामा प्यारामाउन्ट र कमकास्टसँगै नेटफ्लिक्स पनि प्रतिस्पर्धीका रूपमा उभिनु धेरैका लागि अप्रत्याशित थियो । किनकि नेटफ्लिक्सले विश्वव्यापी पहुँच भएको बलियो पे-टिभी प्लेटफर्म निर्माण गर्न परम्परागत बाटोभन्दा फरक रणनीति अपनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?