+
+
Shares

बालेनसँग जोडेर फैलिएको पोस्टमा सत्यता छैन, भ्रममा नपर्नुहोस् : जितु नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार जितु नेपाललाई नक्कली फेसबुक एकाउन्टबाट फैलाइएको भ्रामक सामग्रीले हैरानीमा पारेको छ।
  • जितुले आफूले कुनै पनि राजनीतिक नेता वा दलविरुद्ध टिप्पणी नगरेको स्पष्ट पारेका छन्।
  • उनी अहिले धनकुटामा फिल्म 'कार्की साइँला' को छायांकन र 'आइएम जितबहादुर' को पोस्ट–प्रोडक्सनमा व्यस्त छन्।

काठमाडौं । कलाकार जितु नेपाल आफूले नबोलेको कुरासँग जोडेर फैलाइएको भ्रामक सामग्रीका कारण यतिबेला हैरानीमा परेका छन् । उनी अहिले धनकुटामा आफ्नो आगामी फिल्म ‘कार्की साइँला’ को छायांकनमा व्यस्त छन् ।

सामाजिक सञ्जालमा दिनेश अधिकारी नामको नक्कली फेसबुक एकाउन्टबाट जितुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेनसँग जोड्दै स्टाटस पोस्ट गरिएको थियो । त्यसपछि बालेनका समर्थक र पार्टीका केही कार्यकर्ताले उनलाई आलोचना र गाली गर्न थालेका छन् ।

उक्त एकाउन्टमा जितुले बालेनलाई व्यंग्य गरेको दाबी गर्दै विभिन्न प्रसंग उल्लेख गरिएको छ । तर जितुले ती सबै कुरा असत्य भएको स्पष्ट पारेका छन् ।

धनकुटाबाट भिडियो सन्देश जारी गर्दै उनले आफूले कुनै पनि राजनीतिक नेता वा दलविरुद्ध टिप्पणी नगरेको बताए । उनले भने, “मैले न रवि लामिछाने, न बालेन शाह, न अरू कुनै नेतालाई गाली गरेको छु । भन्दै नभनेको कुराबाट भ्रम फैलाइएको छ, यसमा विश्वास नगर्न आग्रह गर्छु । म कुनै दलको पक्षमा खुलेको छैन ।”

जितुले आफू सामाजिक सञ्जालमा प्रायः कामसम्बन्धी सामग्री मात्र पोस्ट गर्ने गरेको बताए । अहिले उनी ‘कार्की साइँला’ को छायांकनसँगै आफ्नै फिल्म ‘आइएम जितबहादुर’ को पोस्ट–प्रोडक्सनमा पनि व्यस्त छन् ।

नक्कली एकाउन्टबाट फैलाइएको सामग्रीले अनावश्यक रूपमा आफ्नो छविमा असर पुगेको गुनासो उनले गरे । शुक्रबार फेसबुकमा भिडियो सेयर गर्दै उनले लेखेका छन्, “पछिल्लो समय केही भ्रामक कुरा आएका रहेछन् । कृपया भ्रममा नपर्नुहोस्, म केवल कलाकार हुँ र आफ्नै काममा केन्द्रित छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?