१५ फागुन, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताएका छन् ।
लिकबाट तल झरेको मुलुकको लोकतान्त्रिक एवं संवैधानिक प्रक्रियालाई लिगमा ल्याउने अवसरको रूपमा यो निर्वाचनलाई लिनुपर्ने उनको भनाइ छ ।
काठमाडौं-५ का उम्मेदवार समेत रहेका पोखरेलले काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘यो निर्वाचन वास्तवमा भन्ने हो भने मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिकबाट तल झरेको दुर्भाग्यपूर्ण अवस्था हो । लिकबाट तल झरेको यो अवस्थालाई लिकमा ल्याउनुपर्ने आवश्यकता छ । यही आवश्यकता पूरा गर्नका लागि निर्वाचनमा हामी सबै सरिक हुनुपर्ने, सहभागी हुनुपर्ने र निर्वाचनलाई सही परिणाम दिने एउटा अवसरको रूपमा परिणत गर्नुपर्ने आवश्यकता छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4