+
+
Shares

थलापथी विजयकी पत्नीले हालिन् सम्बन्धविच्छेदको मुद्दा, विश्वासघातको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तमिल सुपरस्टार थलापथी विजयकी पत्नी संगीता सोर्नालिंगमले चेंगलपट्टु पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी छन्।
  • संगीताले निवेदनमा अभिनेता विजयमाथि विश्वासघातको आरोप लगाएकी छन् र उनीहरूको २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्यतर्फ पुगेको छ।
  • विजय र संगीता सन् १९९९ मा विवाह बन्धनमा बाँधिएका थिए र यसअघि विजयको नाम विवाहबाहिरको सम्बन्धमा जोडिएको खबर सार्वजनिक भएको थियो।

तमिल सुपरस्टार थलापथी विजयको व्यक्तिगत जीवनबारे महत्वपूर्ण खबर छ ! उनकी पत्नी संगीता सोर्नालिंगमले चेंगलपट्टु पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी बताइएको छ ।

‘इन्डिया टुडे’ को रिपोर्टअनुसार उनले आफ्नो निवेदनमा अभिनेता तथा तमिलगा वेत्री कझगम (टीभीके) का नेता विजयमाथि विश्वासघातको आरोप लगाएकी छन् ।

भारतीय संचारमाध्यमका अनुसार, संगीताले चेंगलपट्टु पारिवारिक अदालतमा औपचारिक रूपमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरिसकेकी छन् । यससँगै २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्यतर्फ पुगेको संकेत देखिएको छ ।

विजय र संगीता सन् १९९९ मा विवाह बन्धनमा बाँधिएका थिए । वर्षौँसम्म उनीहरूको सम्बन्ध तमिल फिल्म उद्योगका सबैभन्दा स्थिर र सन्तुलित सम्बन्धमध्ये एकका रूपमा हेरिन्थ्यो ।

यो समाचारले विजयको व्यक्तिगत र व्यावसायिक जीवनलाई नजिकबाट पछ्याउँदै आएका फ्यानलाई आश्चर्यचकित बनाएको छ । दम्पतीले आफ्नो निजी जीवन प्रायः गोप्य राख्दै आएका थिए, तर यसअघि उनीहरूको सम्बन्धमा खटपट भएको भन्ने अड्कलबाजी सार्वजनिक भएका थिए ।

सन् २०२१ मा विजयको नाम एक सह-अभिनेत्रीसँग जोडिएको खबर सार्वजनिक भएको थियो, जसले कथित विवाहबाहिरको सम्बन्धबारे व्यापक चर्चा र अफवाह फैलाएको थियो । त्यसबेला कुनै आधिकारिक पुष्टि नभए पनि सामाजिक सञ्जाल र मनोरञ्जन वृत्तमा ती विषयले व्यापक बहस सिर्जना गरेको थियो ।

अब सम्बन्धविच्छेदको निवेदन औपचारिक रूपमा दर्ता भएसँगै पुराना अड्कलबाजी फेरि चर्चामा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?