+
+
Shares

रविलाई दमौलीमा उज्यालो पार्टीका समर्थकले देखाए कालो झण्डा, ७ जना पक्राउ

चितवनमा सभा सकेर दमौलीको कार्यक्रममा सहभागी हुन आइपुगेका लामिछानेलाई उज्यालो पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १९:५३

१५ फागुन, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दमौलीमा उज्यालो नेपाल पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका छन् ।

चितवनमा सभा सकेर दमौलीको कार्यक्रममा सहभागी हुन आइपुगेका लामिछानेलाई उज्यालो पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत कालो झण्डा प्रदर्शन गरेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिइएको र यसबारे प्रमुख जिल्ला अधिकारीसहित बसेर छलफल भइरहेको तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले बताए ।

दमौलीको मुख्य चोकमा जम्मा भएर कालो झण्डा प्रदर्शन गरेका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले अहिले विरोध गरिरहेका छन् ।

उज्यालो पार्टीका समर्थकले अहिले पृथ्वीराजमार्गकै विरोध प्रदर्शन गरिरहेका छन् भने प्रहरीले उनीहरूलाई हटाउने प्रयास गरिरहेको छ ।

नियन्त्रणमा लिइएका आफ्ना समर्थकलाई छाड्न माग गर्दै सडकमै बस्ने, सुत्ने गरेर उनीहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच भनाभनसमेत भएको छ । उनीहरूले सडकमै माइकिङ गर्दै विरोध गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीबाट मञ्जिल थापा उम्मेदवार छन् भने रास्वपाबाट उपाध्यक्ष स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?