+
+
Shares

जनार्दन शर्मालाई गृह जिल्लामा कालो झण्डा

शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १०:२५
जनार्दन शर्मा सवार गाडी र सडक किनारमा उभिएर कालो झण्डा देखाउँदै युवाहरु ।

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ ।

उनलाई रुकुमका युवाहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।

शर्मा जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय उदघाटन लगायतका कार्यक्रममा सहभागी हुँदैछन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुको एकतापछि प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व गरेपछि शर्माले पनि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।

यही मंसिर १५ गते नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुम पश्चिमका नेताहरुबीच भएको सहमति अनुसार सदरमुकाम मुसिकोट नगरपालिका ५ सेरीगाउँस्थित शहीद स्मृति प्रतिष्ठान र इस्कन्द नर्मदा फाउन्डेसन परिसरभित्र रहेका भवनसहितका सम्पूर्ण भौतिक संरचनाहरु नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्नेछ ।

यसैगरी मुसिकोट नगरपालिका वडा नम्बर १  खलंगास्थित इस्कन्द नर्मदा स्मृति फाउन्डेसनको नाममा रहेको भवन प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रयोग गर्ने छ ।

मंसिर २१ गतेदेखि लागू भएको यो सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका रुकुमपश्चिम संयोजक गोविन्द रोका र प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक गोर्खबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?