+
+
Shares

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते ८:५३
सांकेतिक फोटो

२१ मंसिर, काठमाडौं । दार्चुलामा आज बिहान भूकम्प गएको छ । बिहान ८ बजेर २८ मिनेटमा दार्चुलाको अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?