+
+
Shares

इजरायली हमलामा इरानका रक्षामन्त्री र रिभोल्युसनरी गार्ड्स प्रमुख मारिएको दाबी

इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत तथा एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू इजरायली आक्रमणमा परेर मृत्यु भएको आशंका गरिएको हो । य

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २०:३६

१६ फागुन, काठमाडौं । इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री मारिएको दाबी गरिएको छ । शनिबार गरिएको हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको विश्वस्त स्रोतलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत तथा एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू इजरायली आक्रमणमा परेर मृत्यु भएको आशंका गरिएको हो । यद्यपि घटनाबारे इजरायल वा इरान सरकारबाट औपचारिक पुष्टि भने भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?