+
+
Shares

‘अन्धाधुन्ध’ इरानी आक्रमणबाट बेलायती सैन्य आधार शिविरहरू जोखिममा : हिली

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १५:४३

१७ फागुन, काठमाडौं । बेलायती रक्षा सचिव जोन हिलीले इरानबाट भइरहेका ‘अन्धाधुन्ध आक्रमण’ हरूले विदेशमा रहेका बेलायती सैनिक र नागरिकहरूलाई गम्भीर जोखिममा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बीबीसीको ‘सन्डे विथ लाउरा कुन्सबर्ग’ कार्यक्रममा बोल्दै उनले बहराइनस्थित एक सैन्य आधार शिविरमा भएको इरानी मिसाइल आक्रमणको समयमा ३०० जना बेलायती सैनिकहरू निशानाको केही सय गजको दूरीमा मात्र रहेको खुलासा गरे ।

हिलीले इरानलाई दशकौंदेखि ‘दुष्टताको स्रोत’ का रूपमा रहेको एउटा दमनकारी शासनको संज्ञा दिँदै यसले आफ्नै नागरिकहरूको हत्या गर्ने र बेलायत लगायतका देशहरूमा आतंकवाद निर्यात गर्ने गरेको आरोप लगाएका छन् ।

शनिबार अमेरिकी र इजरायली हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालयमा भएको प्रहारपछि मृत्यु भएको भएको छ ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै रक्षा सचिव हिलीले खामेनीको मृत्युमा ‘कसैले पनि आँसु नबगाउने’ टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?