+
+
Shares

इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १२:२६

काठमाडौं । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बेरुत र दक्षिणी लेबनानमा आक्रमण गरेको छ।

मन्त्रालयका अनुसार आक्रमणमा ३१ जनाको मृत्यु भएको अन्य १४९ जना घाइते भएका छन् ।

एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार मृत्यु हुनेको संख्या प्रारम्भिक रहेको भनिएको छ।

यसअघि, इजरायलले लेबनानका ५० भन्दा बढी शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको थियो ।

यसैबीच, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हेजबुल्लाहबाट भएको प्रक्षेपणको जवाफमा लेबनानमा रहेका लक्षित लक्षित आक्रमण गरिरहेको बताएको छ।

हिजबुल्लाहले पनि लेबनानबाट इजरायलतर्फ मिसाइल र ड्रोन प्रहार गरेको पुष्टि गरेको छ।

समूहले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिन यो कारबाही गरिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?