News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन १८ गते काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा होली पर्व धुमधामका साथ मनाइएको छ।
- फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा होली मनाउने परम्परा छ।
- होली पर्वमा रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ अबिर तथा रङ दलेर रमाइलो गर्ने चलन छ।
१८ फागुन, काठमाडौं । फागुपूर्णिमा (होली) आज पहाडी र हिमाली जिल्लामा मनाइएको छ । काठमाडौं उपत्यकामा पनि विभिन्न क्षेत्रमा आपसमा रङ दलेर पर्व मनाइएको हो ।
काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, टुँडिखेल, ठमेल, दरबारमार्गलगायत उपत्यकाका विभिन्न क्षेत्रमा धुमधाम होली मनाइएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।



प्रतिक्रिया 4