News Summary
Generated by OK AI. Editorially reviewed.- ओमनमा इरानका तर्फबाट गरिएको ड्रोन हमलामा एक भारतीय नागरिकको मृत्यु भएको छ।
- मार्शल आइल्यान्डको ध्वजा भएको तेल ट्यांकर ‘एमकेडी व्योम’ मा ड्रोन हमलाले इन्जन रूममा आगो लागेर विस्फोट भएको छ।
- ट्यांकरका २१ क्रू सदस्यलाई बाहिर निकालिएको छ, जसमा १६ भारतीय, ४ बंगलादेशी र १ युक्रेनी नागरिक रहेका छन्।
१८ फागुन, काठमाडौं । मध्य–पूर्व जारी सैन्य संघर्षमा एक भारतीय नागरिकको मृत्यु भएको छ । ओमनमा इरानका तर्फबाट गरिएको ड्रोन हमलामा एक भारतीय नागरिकको मृत्यु भएको हो ।
सल्तनत अफ ओमनको मेरीटाइम सेक्युरिटी सेन्टरले ड्रोन हमलामा एक भारतीय नागरिकको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
सेक्युरिटी सेन्टरले भनेको छ, ‘मार्शल आइल्यान्डको ध्वजा भएको तेल ट्यांकर ‘एमकेडी व्योम’ मा ड्रोनबाट हमला भयो । हमलाका कारण इन्जन रूममा आगो लागेर विस्फोट भयो । जसमा एक भारतीय क्रू मेम्बरको मृत्यु भएको छ ।’
ड्रोन हमलापछि ट्यांकरका २१ क्रू सदस्यलाई बाहिर निकालिएको समाचारमा उल्लेख छ । जसमध्ये १६ भारतीय, ४ बंगलादेशी र १ युक्रेनी नागरिक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4