+
+
Shares

इरान आक्रमण : यूएईको बुर्ज खलिफा नजिकैको होटलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १:४३

१७ फागुन, काठमाडौं । इरानको आक्रमणबाट यूएईको दुबईस्थित एक लक्जरी होटलमा आगलागी भएको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा नजिकको ‘फेयरमन्ट द पाम होटल’मा आगलागी भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले प्रमाणित गरेको भनिएको एक भिडियोमा भीषण आगो बलिरहेको देखिन्छ । बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको दृश्य भिडियोमा कैद छ ।

दुबईको सो होटल अगाडि रहेको अर्को भवनबाट खिचिएको अर्को भिडियोमा क्षेप्यास्त्र ठोक्किएको क्षण र त्यसपछि ठूलो विस्फोट भएको देखिन्छ ।

सुन्तला रंगको ठूलो आगोको गोला देखिएपछि भिडियो खिचिरहेका व्यक्ति जमिनमा लडेको जस्तो देखिन्छ ।

सो पाँचतारे होटलमाथि बाक्लो धुवाँ उडिरहेको र आपत्कालीन सेवाका टोलीहरू घटनास्थलमा खटिएको दृश्य पनि देखिन्छ ।

इरानी सञ्चारमाध्यमहरूले यसअघि दुबईमा आक्रमण गरिएको दाबी गरेका थिए, तर के लक्ष्य बनाइएको हो भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

दुबईस्थित अधिकारीहरूले पाम जुमेराह क्षेत्रमा रहेको अर्को एक भवनमा पनि आगो लागेको र त्यसमा चार जना घाइते भएको बताएका छन् ।

आगो नियन्त्रणमा ल्याइएको बताइए पनि घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

मध्यपूर्व क्षेत्रका अन्य देशहरू कतार, बहराइन, जोर्डन र कुवेतमा पनि ईरानले आक्रमण गरेको छ । यी देशहरुमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले आक्रमण गरेको हो । कतिपय क्षेप्यास्त्र र ड्रोनहरू आकासमै निस्कृय पारिएको बताइएको छ ।

बहराइनको राजधानी मनामास्थित अमेरिकी नौसेनाको पाँचौँ अड्डाको मुख्यालय नजिकैबाट पनि कालो धुवाँका ठूला मुस्ला उठेको देखिएको छ। क्षतिको स्तरबारे स्पष्ट जानकारी आएको छैन ।

कतारको दोहामा त्यहाँको रक्षा मन्त्रालयले मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदिद एयर बेस लक्षित गरी प्रहार गरिएका केही क्षेप्यास्त्रहरू अवरोध गरिएको जनाएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) रक्षा मन्त्रालयले एक्समार्फत जारी वक्तव्यमा केही ड्रोन र क्षेप्यास्त्रहरू रोकिएको जनाएको छ। साथै, इरानी आक्रमणलाई राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भनेर आलोचना गरिएको छ ।

अमेरिकाका मध्यपूर्वभर करिब १३ सैन्य अड्डा रहेका छन्, जहाँ सामान्यतया ३० हजारदेखि ४० हजारसम्म सैनिक तैनाथ हुन्छन् ।

अमेरिकी सेनाले हालसम्म कुनै हाताहती वा घाइतेको रिपोर्ट प्राप्त नभएको बताएको छ ।

इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि आफ्नो अहिलेसम्म कति क्षति भयो भन्ने रिपोर्ट यकिन भइनसकेको अमेरिकी सेनाले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?