+
+
Shares

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानको मिसाइल र ड्रोन आक्रमणमा यूएईमा १५ नेपाली घाइते भएका छन् र १४ जना उपचारपछि काममा फर्किसकेका छन्।
  • परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले एक जना उपचारमा रहेको र उनको अवस्था सामान्य रहेको बताए।
  • गोरखाका विवेक श्रेष्ठ यूएईमा आक्रमणमा मृत्यु भएका थिए र उनको शव नेपाल ल्याएर अन्त्येष्टि गरिसकिएको छ।

२७ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए ।

तीमध्ये एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको सहसचिव खड्काले बताए । इजरायल-अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण भइरहेको छ ।

इरानले खाडी तथा पश्चिम एसियाका देशहरूमा रहेका अमेरिकी सैन्य बेशक्याम्पमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ ।

ड्रोन आक्रमण क्रममा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्युु भएको थियो । उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ । उनको क्षतिपूर्तिका लागि यूएईस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीबाहेक अन्य क्षेत्रमा रहेका नेपाली भने सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?