News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको चाँगुनारायण नगरपालिका-८ वन कार्यालय नजिक बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २ सय मिटर तल खसेको छ।
- कारमा सवार ५ जनामध्ये ४ जना घाइते भएका छन् र उनीहरूलाई जिल्ला अस्पताल भक्तपुर पठाइएको छ।
- सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोलीले उद्धार कार्यमा खटिएको थियो।
१८ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ वन कार्यालयनजिकै कार दुर्घटना भएको छ ।
नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २ सय मिटर तल खसेको हो ।
कारमा सवार ५ जनामध्ये ४ जना घाइतेका भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धार कार्यमा खटिएको थियो । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल भक्तपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4