+
+
Shares

बागलुङका २ मतगणनास्थलमा फलामे तारजाली र सीसीटीभी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ११:३७

१९ बागलुङ, फागुन । बागलुङमा तारजाली र सीसी क्यामेरासहित दुई मत गणनास्थल तयार पारिएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका-२ कुथाप्लोमा सीसी क्यामेरा र तारजालीसहित मतगणनास्थल तयार गरिएको हो ।

यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहेको दुई स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनीसहित भिडियो रेकर्ड गर्ने सिसि क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।

मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली, सीसी टिभी जडानलगायतका कामहरू सम्पन्न भएको अधिकारीले जानकारी दिइन् ।

तारजालीभित्र मत गणक कर्मचारी बस्ने र पारदर्शी तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा हुन सक्ने समस्यालाई अन्त्य गर्दै दुई वटै स्थानमा भरपर्दो ढंगले मत गणना गर्न सक्नेगरी तयारी गरिएको हो ।

मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मतगणना हेर्न मिल्ने छ ।

मुख्य निर्वाचन अधिकृत अधिकारीले भनिन्, ‘मतगणना सुुरु भएपछि गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिने छ, मानिसभन्दा अग्लो फलामे तारजाली राखिएको छ, तारबार भित्र गणक मात्रै बस्न सक्नेछन्, प्रतिनिधिले बाहिरबाट हेर्न मिल्ने तर  मतपत्र भेट्न सक्दैनन्,मतदान सम्पन्न भएको २४ घण्टा अगावै मतपेटिका ल्याएर गणना गरिने व्यवस्था मिलाइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?