+
+
Shares

सुन तोलामा २५ सय बढ्यो, चाँदी घट्यो

हिजो सोमबार सुन तोलामा ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ।
  • सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको थियो।
  • चाँदीको भाउ मंगलबार तोलामा २ सय ५ रुपैयाँले घटेर ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ।

१९ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको  भाउ मंगलबार पनि उकालो लागेको छ ।

सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

हिजो सोमबार सुन तोलामा ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी मंगलबार चाँदी भने घटेको छ । हिजो सोमबार ३५ रुपैयाँ बढेको चाँदी आज २ सय ५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय १५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?