+
+
Shares

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्योतिष रुद्रनाथ अधिकारीलाई २१ फागुनमा चुनाव नहुने अभिव्यक्ति दिने कारण चन्द्रागिरीबाट पक्राउ गरिएको छ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ उनलाई पक्राउ गरी परिसर काठमाडौंमा हिरासतमा राखेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पक्राउ भएको जानकारी दिएका छन्।

१९ फागुन, काठमाडौं । २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?