+
+
Shares

बर्लिनबाट विश्वभरका पर्यटकलाई नेपाल भ्रमणमा आउन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले जर्मनीमा आयोजित विश्वकै अग्रणी ट्राभल ट्रेड शो आईटीबी बर्लिनमा सशक्त उपस्थिति जनाएको छ।
  • बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले भने, 'आईटीबी बर्लिनमा हाम्रो सहभागिता नेपालको पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता हो।'
  • आईटीबी बर्लिनमा २५ वटा नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र पर्यटन क्षेत्रका लागि अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

२० फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको संकटका कारण उत्पन्न चुनौतीका बाबजुद नेपालले जर्मनीमा आयोजित विश्वकै अग्रणी ट्राभल ट्रेड शो आईटीबी बर्लिनमा सशक्त उपस्थिति जनाएको छ ।

मार्च ३ देखि ५ सम्म जारी रहने आईटीबी बर्लिनमा नेपालको सहभागिता केवल व्यापारिक उपस्थिति मात्र नभई विश्वमा नेपालको पर्यटन सम्भावनालाई पुनःस्थापित गर्ने रणनीतिक प्रयास भएको बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले बताए ।

हिमालयका रोमाञ्चक ट्रेकिङ मार्गदेखि प्राचीन मन्दिरहरूको शान्त परिवेश, विविध संस्कृति, परम्परा तथा अनुपम प्राकृतिक सौन्दर्यसम्मका अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने लक्ष्य बोर्डले अघि सारेको छ ।

बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर फुयाँलले नेपाल प्याभिलियनको उद्घाटन र अवलोकन गरेका थिए । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत रेग्मी, सिर्जना नेपाली र शिवराज पाण्डे लगायत उपस्थित थिए । बोर्डका वरिष्ठ अधिकृत रेग्मीले भने, ‘आईटीबी बर्लिनमा हाम्रो सहभागिता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर मात्र होइन, नेपालको पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता पनि हो । चुनौतीका बाबजुद नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा स्थापित गर्न हामी लागिरहेका छौं ।’

आईटीबी बर्लिनमा २५ वटा नेपाली कम्पनीहरूको सहभागितामार्फत अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी, उद्योग व्यवसायी तथा सञ्चारमाध्यमसँग नयाँ साझेदारी विस्तार गर्ने र नेपालको पर्यटन क्षेत्रका लागि थप अवसर सिर्जना गर्ने बोर्डको अपेक्षा छ । नेपालले विश्वभरका यात्रुलाई सौन्दर्य, समृद्ध संस्कृतिको जानकारी दिँदै आत्मीय आतिथ्य अनुभव लिन नेपाल घुम्न आउन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?