+
+
Shares

लेबनान नजिक शंकास्पद वस्तु देखिएपछि साइप्रसको लार्नाका विमानस्थल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १५:०७

२० फागुन, काठमाडौं । साइप्रस सरकारले आज बुधबार बिहान लेबनानको आकाश नजिकै एउटा ‘शंकास्पद वस्तु’ फेला परेको जानकारी दिएको छ ।

सरकारी प्रवक्ताका अनुसार उक्त वस्तुको प्रकृति र सम्भावित खतराको अनुसन्धान गर्नका लागि पूर्वसावधानी स्वरूप सबै आवश्यक सुरक्षा उपायहरू अपनाइएको छ ।

यसैबीच, समाचार एजेन्सी रोयटर्सले साइप्रस सरकारलाई उद्धृत गर्दै सुरक्षा सतर्कताका कारण लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण यस क्षेत्रमा पहिलेदेखि नै तनाव उच्च रहेको बेला यो घटना भएको हो ।

विमानस्थल बन्द भएपछि दर्जनौँ उडानहरू रद्द भएका छन् भने ग्रिसको एथेन्सबाट आएको एउटा यात्रुवाहक विमानलाई बीच बाटोबाटै फिर्ता पठाइएको छ ।

साइप्रसमा रहेका बेलायती सैन्य आधार शिविरहरूलाई लक्षित गरी केही दिनअघि मात्रै ड्रोन आक्रमण भएको सन्दर्भमा यो नयाँ शंकास्पद वस्तुले सुरक्षा चुनौती थप बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?