+
+
Shares

बूढानीलकण्ठमा भेटिएको शंकास्पद वस्तुमा सलाइको काँटी र इट्टा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ८:११

२० फागुन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ मा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ ।

तल्लो भंगालस्थित मसला उद्योगदेखि चुनखेल जाने सडक पेटिमा भेटिएको सेतो कागजले बेरिएको प्रेसर कुकुर नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो ।

उक्त वस्तु मंगलबार राति करिब १२ बजे फेला परेको थियो । शंकास्पद बस्तु फेला परेको खबर प्राएपछि चन्दन नाथ गणबाट खटिएको सेनाको टोलीले बिहानै करिब ७ बजे निस्क्रिय बनाएको हो ।

निस्क्रिय बनाइएको उक्त कुकरमा हेर्दा सलाइको काँटी र इट्टाको टुक्रा भेटिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?