+
+
Shares

चाबहिल-साँखु सडकमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ७:०८

२१ फागुन, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रेणीस्थित चाबहिल साँखु सडकमा शंकास्पद वस्तु फेला परेको छ ।

निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीलेले सडक बीचमा शंकास्पद वस्तु फेला पारेको हो ।

सडकमा बोरामाथि बट्टामा तारले बेरेको जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त वस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरिएको छ । अहिले रणचन्डी गण सुन्दरीजलबाट निर्वाचनको लागि खटिएको मेजर धनबहादुर तामाङको कमान्डमा रहेको १० जनाको टोली त्यहाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?