+
+
Shares

डडेल्धुरामा अहिलेसम्म ३३ हजारभन्दा बढी मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डडेल्धुरा जिल्लामा दिउँसो दुई बजेसम्म ३३ हजार १ सय १५ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार २ सय २३ छ।
  • जिल्लामा कुल ९३ हजार ४ सय ३ मतदाता रहेका छन् र दिउँसो दुई बजेसम्म ३५.४० प्रतिशत मतदान भएको छ।
  • जिल्ला निर्वाचन कार्यालयले मतदान सामान्य तथा शान्तिपूर्ण रूपमा भइरहेको र कुनै उल्लेखनीय अवरोध नभएको जनाएको छ।

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा  हालसम्म ३३ हजारभन्दा बढी मत  खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो दुई बजेसम्म कुल ३३ हजार १ सय १५ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार २ सय २३ र पुरुष मतदाताको संख्या १५ हजार ८ सय ९२ रहेको छ ।

जिल्लामा कुल ९३ हजार ४ सय ३ मतदाता रहेका छन्, जसअनुसार, दिउँसो २ बजेसम्म ३५.४० प्रतिशत मतदान भएको छ ।

हालसम्म कुनै पनि मतदान केन्द्रमा उल्लेखनीय अवरोध वा घटना नभएको तथा मतदान सामान्य तथा शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाताहरू ठूलो संख्यामा मतदान केन्द्रमा पुगिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?