२१ फागुन काभ्रेपलाञ्चोक । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ ।
तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार दिउँसो साढे ४ बजेपछि मतदान सुरु भएको हो ।
मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाइएको छ ।
सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएको थियो ।
विवादपछि मतदान रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4