+
+
Shares

कास्की-३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङ ४८२ मतसहित अग्रस्थानमा छिन्।
  • नेपाली कांग्रेसका मनोज गुरूङले २८० मत पाएका छन्।
  • एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मतसहित तेस्रो स्थानमा छन्।

२२ फागुन, काठमाडौं । कास्की क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अगाडि देखिएका छन् ।

बिहान ४ बजेसम्मको मतगणना अनुसार ४८२ मत पाएर रास्वपाकी बिना गुरुङ अग्रस्थानमा रहेकी हुन् । उनलाई २८० मत ल्याएका नेपाली कांग्रेसका मनोज गुरूङले पछ्याइरहेका छन् ।

यहाँ एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मत पाएर तेस्रो स्थानमा छन् ।

एक लाख सात हजार ५६० मतदाता भएको यो निर्वाचन क्षेत्रमा ५२ हजार ५४३ पुरुष, ५५ हजार १५ महिला र २ जना अन्य मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?