+
+
Shares

कास्की-३ मा झण्डै २५ हजार मतान्तरले रास्वपाकी बिना विजयी

बिना झण्डै २५ हजार मतान्तरणले विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २३:५७
Photo Credit : युनिश गुरुङ

२३ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङ विजयी भएकी छन् । बिनाले ३७ हजार ७५० मत ल्याएर विजयी भएकी छन् ।

बिना झण्डै २५ हजार मतान्तरणले विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याएका छन् ।

बिनाले २४ हजार ९७० मतान्तरले जित हाँसिल गर्दै संसदको यात्रा तय गरेकी छन् । यहाँ ६५ हजार ४ सय ७ मत खसेको थियो ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९०६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४५६ मत ल्याएका छन् । राप्रपाका अर्जुन खनालले १ हजार ४०६ मत ल्याएका छन् ।

यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार हितकाजी गुरुङले पनि ५८६ मत ल्याए भने उज्यालो नेपाल पार्टीका उम्मेदवार तर्कबहादुर गुरुङले ४६३ मत ल्याएका छन् भने अरु पार्टीका उम्मेदवारको नगण्य छ ।

बिना रास्वपाबाट गण्डकीमा एकमात्र महिला उम्मेदवार हुन् । व्यवसाय र समाजसेवाबाट राजनीतिमा छिरेकी बिना रास्वपाको उम्मेदवार हुँदै जेनजी आन्दोलनको जगमा संसदको यात्रा तय गरेकी छन् ।

यो पनि–

सामाजिक सेवाबाट राजनीतिमा

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?