+
+
Shares

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही १४ सय ५८ मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले ५ हजार ५९ मतगणना पछि २ हजार ६९१ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
  • नेकपाका नरेश भण्डारी दोस्रो स्थानमा छन् र उनी शाहीभन्दा १ हजार ४५८ मतले पछाडि छन्।
  • नेपाली कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत र नेकपा एमालेका शान्तिलाल महतले २८१ मत प्राप्त गरेका छन्।

२२ फागुन, जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निकटतम् प्रतिस्पर्धीभन्दा  १ हजार ४ सय ५८ मतले अगाडि देखिएका छन्। कनसुन्दरी गाउँपालिकाको ५ हजार ५९ मतगणना गरिसक्दा शाहीले २ हजार ६९१ मत प्राप्त गरेका हुन्।

दोस्रो स्थानमा रहेका नेकपाका नरेश भण्डारीले १ हजार २ सय ३३ मत प्राप्त गरेका छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीभन्दा १ हजार ४ सय ५८ मतान्तरले पछाडि छन्।

त्यस्तै नेपाली काङ्ग्रेसका दीपबहादुर शाहीले ६ सय ५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २ सय ८१ मत प्राप्त गरेका छन् । रास्वपाकी  विनिता कठायतले अहिलेसम्म ३६ मत प्राप्त गरेकी छन् । मतगणना कार्य निरन्तर जारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?