+
+
Shares

निवर्तमान उपसभामुखभन्दा सभामुख साढे ७ हजार मतले पछाडि

हालसम्मको मतगणनामा निवर्तमान उपसभामुख रानाभन्दा सभामुख घिमिरे साढे ७ हजार मतले पछाडि परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १८:२८

२२ फागुन, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर-२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धी छन् ।

हालसम्मको मतगणनामा निवर्तमान उपसभामुख रानाभन्दा सभामुख घिमिरे साढे ७ हजार मतले पछाडि परेका छन् ।

रानाले ८ हजार ९६० मत पाउँदा घिमिरेले १ हजार ४२६ मत पाएका छन् । तेस्रोमा रहेका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले १ हजार १०७ मत ल्याएका छन् ।

चौथोमा नेपाली कांग्रेसकी सरिता प्रसाईं छिन् । उनले ७७०  मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?